• अष्ट्रेलियामा तीज मेला हुँदै

    म्यूजिक खवर
    प्रकाशित: २९ श्रावण २०७६, बुधबार

    अष्ट्रेलियाको मेलबर्नमा तीज मेला हुने भएको छ । इनाक्षी इन्टरटेन्मेन्टको आयोजनामा अगष्ट १५ देखि ३१ सम्म अष्ट्रेलियाको मेलबर्नमा ‘तीज मेला २०१९’ हुने भएको छ । कार्यक्रममा सालको पातको टपरी हुनी, गीत गायका गायक कुशल अनि चर्चित गायक कुलेन्द्र बिकको साथमा बोलमाया फेम अन्जली अधिकारी, चर्चित गायिका जुना श्रीस र अर्की चर्चित गायिका पूर्णकला बिशीको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

    कार्यक्रममा ल् को डान्स, सिंगल पर्फर्मेन्स, पहिले आउने तीनसय जनालाई फ्री ड्रिंक्स, लक्की तीन दर्शकलाई सारी, लेंहेंगा, लेडिस सुट का साथै थुप्रै गिफ्ट ह्याम्पर प्रदानलागायतका बिशेष आकर्षण रहेका छन । मेलबर्नमा मा फ्री इन्ट्री सहित सम्पूर्ण सङ्गीत प्रेमी नेपालीलाई आयोजक टिमले चुलेनिम्तो दिएको आयोजक राम कंडेलले जानकारी दिए । ग्रेस इन्टरनेसनलको मुख्य प्रायोजनमा सम्पन्न हुन लागेको कार्यक्रम अष्ट्रेलियाको मेलबर्न, सिड्नी, एड्लेड, ब्रिस्बाने, क्यानबेरा, तास्मानियालगायतका सहरमा १० ओटा कार्यक्रमको आयोजना हुने जानकारी गरिउको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु