इतिहास रच्यो ‘सालको पातको टपरी’ ले, छोटो समयमा करोड क्लबमा प्रवेश गर्नेे लोकगीत

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७५, बिहीबार

इतिहास रच्यो ‘सालको पातको टपरी’ ले, छोटो समयमा करोड क्लबमा प्रवेश गर्नेे लोकगीत
पछिल्लो समय गीतको लोकप्रियता युट्युबमा हेरिएको भ्युजको आधारले मापन गरिन्छ । युट्युब भ्युजलाई आधार लिँदा लोक गीतको इतिहासमा छोटो समयमा करोड क्लबमा प्रवेश गर्ने लोक गीत ‘सालको पातको टपरी’ परेको छ । यो गीतलाइ एक करोड दर्शकले हेरेका छन् । यो समाचार तयार पार्दा सम्म यो गीतलाई १ करोड ४१ हजार बढी दर्शकले हेरिसकेका छन् । यो गीत छोटो समयमा करोड बढी पटक हेरिएको लोक गीत बन्न सफल भएको छ ।

चर्चित गायक कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतमा वसन्त थापाको संगीत र नवराज पन्तको शब्द रहेको छ । यस गीतका संगीतकार बसन्त थापाको आफ्नै अफिसियल युट्युवबाट २०१८ सेम्टेम्बर १७ अर्थात् नेपाली मिती अनुसार २०७५ असोज १ मा गीतलाई सार्वजानिक गरिएको थियो ।
शिव विकको निर्देशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा संगीतकार वसन्त थापा र मरिष्का पोखरेलले कम्मर मर्काएका छन् । गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

यता सर्वाधिक बढी हेरिएको गीत भने ‘उही खोलीको पानी’ परेको छ गीतले यतिबेला १ करोड ४४ लाख बढी दर्शक पाउन सफल भएको छ । ‘सालको पात टपरी’ ले ८० दिनको अन्तरालमा करोड दर्शक पाएको हो भने उही खोलीको पानीले यो भन्दा लामोसमयमा करोड दर्शक पाएको हो । यसकारण ‘सालको पातको टपरीले’ नेपाली लोकगीत क्षेत्रमा इतिहास बनाउन सफल भएको हो ।

करोड क्लवमा प्रवेश गर्ने पहिलो लोक दोहोरी गीत र छोटो समयमा करोड क्लबमा प्रवेश गर्ने गीत मार्फत संगीतकार बसन्त थापाले रेकर्ड बनाएका छन् । यी दुवै गीतमा बसन्तको संगीत रहेको छ ।

पछिल्लो समयमा बजारमा आएका नेपाली गीत लोक संगीत, चाहे सिनेमाको होस् चाहे नेपाली लोक दोहोरी रोजाइमा पर्न गएका छन् । त्यसमा पनि मौलिकपनका लोकसंगीतलाइ बढी रुचाइएको पाइएको छ ।
एक करोड बढी दर्शक पाएकोमा हाम्रो तर्फबाट पनि सबै गीतको युनिट लाई हार्दिक बधाई
हेरौ गीत

यो पनि पढ्नु होला:

‘सालको पातको टपरी’ गाउँदा कुलेन्द्रलाई ‘दर्शककको वान्समोर’ ! (लाइभ भिडियो सहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु