कुलेन्द्रको स्वर, राजेशको संगीत र भगवतिको शब्द मा ‘बलि’

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७८, बुधबार

काठमाडौं। प्रत्येक बर्ष ठुला चाडपर्व शुरु भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ । एकातर्फ बलि शास्त्रसम्मत भएको दावी गर्दै आएका छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् । यसैबीच बलि दिएर मात्र धर्म नहुने भन्दै गीतकार तथा साहित्यकार भगवति न्यौपानेले एक गीत तयार पारेकी छन् ।

‘बलि’ शिर्षकको उक्त गीतमा कुलेन्द्र बि.क.को स्वर, राजेश थापाको संगीत तथा भगवति न्यौपानेको शब्द रचना रहेको छ । गीतकार न्यौपाने हाल अमेरिकामा बस्दै आएकी छन् । प्रवासमा रहेर पनि उनले निरन्तर नेपाली गीत लेख्दै आएकी छन् । गीतमा लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ ।

‘बलि’ गीतको भिडियोमा कलाकार सुरविर पण्डितले अभिनय गरेका छन् । भिडियोलाई गणेश शाहीले निर्देशन गरेका छन् भने फराज अर्पणले छायांकन तथा सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु