कुलेन्द्रसँग मेलिनाले गाइन् रोइला गीत ‘दश तले घर’

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समयका चर्चित गायक गायिकाको जोडीमा रुपमा देखिएका गायक कुलेन्द्र विश्वकर्मा र मेलिना राईको स्वरमा नयाँ रोइला गीत ‘दश तले घर’ बजारमा आएको छ । गोर्खा चौतारी म्यूजिकबाट बजारमा आएको यो रोइला गीत ‘दश तले घर’ मा केटी फकाउनलाई धनको धाक लगाउँदै व्यंग्यात्मकता प्रस्तुत गरिएको छ ।

मुकुन्द पौडेलको शब्द संगीतमा तयार भएको यो गीतको म्यूजिक भिडियोमा चर्चित मोडल सुनिल लामिछाने र अन्जली अधिकारीको अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु