कुलेन्द्र र गीताको स्वरमा सार्वजनिक भयो ‘गाई चराउने वन’

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०७६, बुधबार

काठमाडौं । कुलेन्द्र विश्वकर्मा र गीता शिरिष मगरको स्वरमा रहेको ‘गाई चराउने वन’ सार्वजनिक भएको छ । सर्जक दुर्गा बिरहीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । गाउँघरमा प्रयोग हुने टिपिकल शब्दको प्रयोग गरेर निर्माण गरिएको गीतको भिडियोमा पिएन सापकोटा र रक्षा श्रेष्ठले मुख्य नृत्य गरेका छन् । भिडियोमा रोहित थापा मगर र योगिसा खत्रीको पनि नृत्य रहेको छ ।

आर्यन मगरको कोरियोग्राफि रहेको भिडियो दुर्गा बिरहीले नै निर्देशन गरेका हुन् । भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सर्जक बिरहीले आफ्ना यसअघिका गीतहरुजस्तै यसगीतलाई पनि दर्शक तथा स्रोताले माया गर्ने अपेक्षा राखे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष गायक चन्द्र शर्माले सर्जक दुर्गा बिरहीका शब्दले मन छुने बताए । पछिल्लो समय लोकगीतको भिडियो मेकिङमा पनि निकै मिहिनत गर्न लागिएको र यस गीतलाई पनि उत्तिकै मिहिनत गरी निर्माण गरेको देखेको शर्माले बताए ।

गीतका गायक कुलेन्द्र बिश्वकर्माले गीतको शब्द तथा संगीतमा मिठासपन पाएरै आफूले गीत गाएको बताए । गायिका गीता सिरिस मगरले आफूले पहिलो पटक गीत गाउने अवसर पाएको भन्दै सर्जक बिरहीलाई धन्यवाद दिइन् । कार्यक्रममा सर्जक कृष्ण आँशु, राजाराम भुजेल, झलक संगीतम, पिएन सापकोटा, सुजन लम्साल लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु