जिग्री र अस्मिताको स्वरमा प्रेमील गीत ‘मायाले जीवन सजाउ’

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

काठमाडौं । चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वरमा सजिएको नयाँ गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक भएको छ । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

सार्वजनिक उक्त गीतमा हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय रहेको छ।

धुर्मुस सुन्तली विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको अवसरमा भाई कुमारले नयाँ गीत बजारमा ल्याएका हुन् ।

गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु