• सन्तोषको सङ्गीतमा कुमार सानु र देबिकाले गाएको गीत सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २० पुष २०७९, बुधबार

    काठमाडौं । साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना रहेको तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘तिम्रो मायाको सागरमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    गीतमा लोकप्रिय गायिका देविका वन्दना र चर्चित भारतीय गायक कुमार सानुको स्वर रहेको छ ।

    सुरेन्द्र महर्जन अमरका मायालु प्रेमिल शब्दहरूलाई सन्तोष श्रेष्ठको जादूमय संगीत त्यस्तै कुमार सानु र देबिका बन्दानाको कर्णप्रिय स्वरले गीतलाई उत्कृष्ट बनाएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतलाई मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् भने मास्टरिङ दिप तुलाधरले गरेका हुन् ।

    गीत रोमान्टिक शैलीको बनेको छ । भिडियोमा रोमान्टिक जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई अभिनय गराइएको छ ।

    निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश धमलाले सम्पादन गरेको गीतको भिडियोलाई गायिका देबिका बन्दनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु