• चर्चासँगै तारिफ बटुल्दै कुशलको ‘सनिसार’

    म्यूजिक खवर
    प्रकाशित: १८ चैत्र २०७७, बुधबार

    काठमाडौं । सुमधुर स्वरका धनी गायक कुशल बेलबासेको नयाँ लोकदोहोरी गीत ‘सनिसार’ सार्वजनिक भएको छ । सार्वजनिक भए लगतै गीतले दर्शक श्रोताको माया र तारिफ बटुल्न सफल भएको छ । कुशल बेलबासे र पूर्णकला बि सीको सुमधुर स्वरले सजिएको गीतमा लय तथा शब्द गायक स्वयम कुशल बेलबासेको नै रहेको छ ।

    एक बाहुन परिवारको छोरोले दलितलाई सिन्दुर भरेर घर भित्राउन खोजेपछि, गाउँले द्वारा छेकथुन भए पश्चात, अहिलेको एक्कासौं सताब्दीमा पनि यस्तो जातीय भेदभाव किन ? भन्ने भाव भिडियोमार्फत संप्रेषण गरिएको छ ।

    भिडियोमा शिशिर पौडेल र सारिका के सी को जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नबराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु