संगीतमा आशा लाग्दो जोडी लाबोनी-प्रमोदले ल्याए ‘आज फेरि’

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७७, सोमबार

गायक प्रमोद प्रसाई र लाबोनी प्रसाईको आवाजमा रहेको गीतको म्युजिक भिडियो ‘आज फेरि’ सार्वजनिक भएको छ । लामो समय देखि सांगीतिक क्षेत्रमा रहेर साधना गर्दै आएका प्रसाईको गीतको भिडियो बुधवार सार्वजनिक गरीएको हो ।

गीतमा विदेहमणि उपाध्यायको शव्द तथा लाबोनी प्रमोदको संगीत छ ।

भिडियोमा करण श्रेष्ठ र रिया क्षेत्रीको अभिनय रहेको छ । भिडियोको निर्देशन अनुप चापागाईंले गरेका छन् । निशल पौडेलको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

कोलकताबाट शास्त्रीय संगीतमा मास्टर्स सकेर नेपाल फर्केकाे लाबोनी प्रमोदको जोडी नेपाली सङ्गीतमा एउटा बलियो खम्बा भएर उभिने निश्चित छ । लामो समयदेखि शास्त्रीय सङ्गीता साधना गरिरहेको यो जोडीको गीत सुन्दा साधनाले खारिएको परिपक्व देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु