• लाहुर जाने बेलामा खुलेको सञ्जु र खेमको मायाप्रेम

    म्यूजिक खबर
    प्रकाशित: ४ फाल्गुन २०७५, शनिबार

    काठमाडौं । नेपाली समाजमा बढ्दो उमेरसँगै गाउँका युवापुस्ता लाहुर जाने प्रचलन बढ्दो देखिन्छ । कोहि इन्डियन लाहुरे त कोहि ब्रिटिश लाहुरे या नभए खाडी मुलुकको सपना बोक्नेहरु धेरै छन् । गाउँमा सँगै हाँसखेल गर्दा हुर्किएको मायाप्रेमलाई छाडेर ‘लाहुर’ जाने सपना बोकेको युवा र लाहुरे जाने प्रेमीलाई सँगै लैजान आग्रह गर्दै गरेकी युवतीबीचको कथा प्रस्तुत गरेका छन् गायिका सञ्जु न्यौपाने र गायक खेम सेञ्चुरीले । सञ्जु न्यौपानेको ‘लाहुर’ गीत सार्वजनिक भएसँगै गीतको राम्रै प्रतिक्रिया मिलेको छ । खेम सेञ्चुरी र सञ्जु न्यौपानेको स्वर रहेको ‘लाहुर’मा खेम सेञ्चुरीकै शब्द र संगीत रहेको छ ।

    लाहुरको म्यूजिक भिडियोमा सञ्जु न्यौपाने र खेम सेञ्चुरीको अलावा ओबी रायमाझी, विनोद भण्डारी र सोनिमाको अभिनय रहेको छ । करण चैंसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।


    किन हटाइयो त यूट्यूबबाट पशुपतिको ‘लुट्नसके लुट कान्छा’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु