• सरोज खनाल, सुनिल थापा स्टारर ‘लाल बहादुर, द स्पार्क’ को ट्रेलर सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ माघ २०७९, बुधबार

    काठमाडौं । जी मिडिया कनेक्सन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क’ को ट्रेलर सार्वजनिक भएको छ ।

    देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन (खबपु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ ।

    २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिनु भयो ।

    प्रकाश आङ्बुहाङ ९हाङबारे० निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क’ मा सरिता राजोपाध्य, लक्ष्मीनाथ सुवेदी, गीता थापा, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ ।

    नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा ,नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन, प्रनुप थापाको संवाद , ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, बिबेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ ।

    फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रुपमा प्रसारणमा आउने यो सिरिज जी मिडिया कनेन्कसनको युट्युव च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु