ललितपूर । ललितपूर जिल्लाका चर्चित लोकगायक एबम स्रस्टा सर्जक मिठाराम केसीको शब्द सिर्जनामा तयार भएको नयाँ गीति वृतचित्र ‘ललितपुरको चिनारी’ सार्वजनिक भएको छ । वरिष्ठ ईतिहास , संस्कृतिविद एबम वान्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट वृतचित्रको लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यक्रममा बोल्दै सर्जक मिठाराम केसीले सिंगो ललितपुरको शहरी तथा ग्राम्य परिवेशका रीतिस्थिति , संस्कृति , चालचलन, भेषभूषालाई गीतमार्फत यथार्थ रूपमा उतारिएको भन्दै यो आफ्नो मात्र नभएर जिल्लाकै एउटा महत्त्वपूर्ण सम्पत्ति भएको बताए । सिंहदरबारको छेउदेखि राजधानीको कर्णाली भनेर चिनिने दुर–दराजसम्मको भौगोलिक सांस्कृतिक अवस्थालाई उतारिएको उक्त गीतमा मीठाराम केसी , रामशरण महत , हिरामाया वाईवा र ज्ञानु केसीको आवाज रहेको छ ।
‘ललितपुरको चिनारी’ भिडियो लोकार्पण गर्दै संस्कृतिविद दत्यमोहन जोशीले लोक गीतसंगीत र लोक संस्कृतिको पृष्ठभूमि र ईतिहासको बारेमा चर्चा गर्दै समय परिस्थिति र आधुनिकता अनुसार यसको स्वरूपमा परिवर्तन आउंदै गएको बताए । लोकार्पित वृतचित्रमा सुरुमै ऐतिहासिक चर्चा गरिएको कुइरो कोट्याउदै उनले पनि लेलेमा वि।सं। १३०० ताका राजा शिवदेव र मन्त्री अंशुवर्माको पालामा लेलेमा वाधित्य गोष्ठीका संचालन गरेर वाजा गाजा बजाउनका लीग खेत छुट्याएर गुठी संचालन गरिएको र त्यसको शिलालेख लेलेमा भेटिएको प्रशंग सुनाउदै गीत संगीतको संरक्षणमा ललितपुर अग्रभागमा रहेको तर्क गरे । अंशुबर्माको पालामा कलाकौशलमा देश अगाडि रहेको स्मरण गराउँदै जोशिले कैलाशकुट भवन देखेर चिनियाँहरुले समेत नेपालको तारिफ गरेको इतिहास रहेको भन्दै जोशीले लोक गीतमा लोकको यथार्थ चित्रण हुने र ललितपुर चिनारीले ललितपुरको यथार्थ चित्रण गरेको बताए ।
त्यस्तै गीति वृतचित्र निर्मातालाई शुभकामना व्यक्त गर्दै प्रतिनिधिसभाका सांसद नवराज सिलवालले कला , संस्कृतिमा धनी ललितापूराले सत्यमोहन जोशी जस्तो ईतिहासविद पाउनु पनि उत्तिकै गौरवको कुरा भएको बताए । साथै उनले जिल्लालाई अन्यत्र चिनाउनको लागि मिठाराम केसीले गरेको सकारात्मक सांगीतिक पहलप्रति धन्यवाद व्यक्त गर्दै गीतसंगितमा दुख भुलाउने शक्ति मात्रै नभएर समृद्धिको मार्गचित्र उतार्ने शक्ति हुने भन्दै लोकसंगितको संरक्षणमा सबैले ध्यानदिनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहाल ,बाग्मतीका प्रमुख वीर बहादुर लामाले पनि शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु कृष्णलाल महर्जन पम्फा भूषाल , प्रदेशसभा सदस्यहरु चेतनाथ संजेल , राजकाजी महर्जन , दिपेश महर्जन , जीवन खड्का , माधव पौडेल , मैना अछामी , देवकी श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।
फूलचोकी कलाकर्मी समूह प्रालिको प्रस्तुति रहेको गीति वृतचित्र ललितपूरको चिनारीको म्युजिक भिडियोलाई कृष्णभक्त महर्जनले निर्देशन गरेका हुन् भने रामसिंह भाटले छायांकन गरेका हुन् । विरेन्द्र भाट विपिन ले सम्पादन गरेको भिडियोलाई वर्ल्ड कभर मिडिया प्रालिले दृश्य निर्माण गरेको हो । यस गीतको भिडियोमा जिल्लामा प्रचलित खैजेडी भजन , धिमे नाच , लाखे नाथ , विभिन्न जात्राहरुलाई समेत देखाईएको छ । गीतको प्रशंशा गर्दै फूलचोकी कलाकर्मी प्रालिका अध्यक्ष ज्ञानबहादुर खड्काले गीतबाटै जिल्लाको समस्त चालचलन जानकारी प्राप्त हुने बताए ।
भिडियो हेर्नुहोस