उत्कृष्ट लोकदोहोरी गीत ‘लालुमै’ ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७५, शनिबार

काठमाण्डौ। नेपाली लोक सांगीतिक क्षेत्रमा ‘लालुमै’ बोलको उत्कृष्ट गीत सार्वजनिक भएको छ । गीतमा शिब हमालको लय तथा शब्द सृजना रहेको छ । चर्चित गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको सुमधुर आवाज रहेको गीतमा नेपाली माटोको सुगन्ध पाइन्छ । साथै लोक संगीतमा भएको नेपाली मौलिकताको खडेरीलाइ चिर्दै मौलिक सँस्कृतिको जगेर्ना गरेको देखिन्छ। महँगो लगानीमा तयार पारिएको उक्त गीतको भिडियो भर्खरै शिब हमालको अफिसियल च्यानल मार्फत सार्बजनिक भएको छ।

हजारौ गीतहरुको म्युजिक भिडियोमा उत्कृष्ट निर्देशन गरिसकेका चर्चित एवं व्यस्त निर्देशक प्रकाश भट्टको निर्देशन रहेको उक्त गीतमा चर्चित नायिका सृष्टि खड्का र सन्दिप न्यौपानेको अभिनय रहेको छ। भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन बिष्णु शर्माको रहेको छ। यतिबेला गीतका दर्शकहरुले गीतको सकारात्मक चर्चा गरिरहेका छन् ।

भिडियो हेर्नुहोस्


यो पनि पढ्नुहोस्

सौभाग्यमा सन्दिप र सुप्रिया (भिडियो सहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु