चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता भने खिलेन्द्रराज तिम्सिना हुन् ।

मुकुन्द भट्टले निर्देशन गरेको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको ट्रेलरमा अनुप विक्रम शाहीलाई खलनायकको रुपमा देखाइएको छ । यूरोपका विभिन्न ४ देश, अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको चलचित्रको बजेट ३ करोड माथि रहेको बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बख्रेल, सन्तोष चन्द्र बख्रेलको लगानी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु