लावाजुनीलाई युनिभर्सल सर्टिफिकेट

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७५, आईतवार

दाङ । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र लावाजुनीलाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्नेछन् । संचारकर्मी केएल पीडितको लेखन तथा निर्देशन रहेको चलचित्र लावाजुनीमा कमलरी बस्दा थारु बालिकाहरुले भोग्नु परेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथैं गरिदैं उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्त ढंगमा उठाइएको छ ।

पहल नेपालको ब्यानरमा निर्मित लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने निर्मातामा रिना बस्नेत, सम्झना जीएम, टोपबहादुर जि.सी. र शारदा बि.सी.रहेका छन् ।

 

चलचित्रमा छबिलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देबकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभियनय रहेको छ । संगीत संतोष श्रेष्ठको रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र यांशु श्रेष्ठले चलचचित्रमा  स्वर दिएका छन् । करीब ५० लाखमा निर्माण गरिएको चलचित्र लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरुमा रिलिज गरिने कार्यकारी निर्माता बस्नेतले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु