एनआरएनए जापानको उपाध्यक्ष पदमा लक्ष्मण बानियाँको उम्मेद्वारी !

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको प्रत्यक्षतर्फको उपाध्यक्ष पदमा निवर्तमान क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक लक्ष्मण बानियाँले उम्मेद्वारी घोषणा गरेका छन्। जापानका सफल व्यवसायीका रुपमा परिचित बानिया समाज सेवालाई पहिलो प्राथमिकतामा राखछन्।प्राय सबै संस्था हरुमा सल्लाह सुझाव दिने बानिया युवा र विधार्थीको ढुकढुकी नै मानिन्छन् विदेश को ठाउ कसैले कसैलाई मत्लब नदिने ठाउमा पहिलो प्राथमिकता अरुको दुःख मा साथ दिनु नै ठुलो धर्म ठान्दछन् सन् २००९ सालमा हालका एनआरएनएका अध्यक्ष भवन भट्टको उपस्थितिमा एनआरएनए क्युस्यु क्षेत्रीय समिति औपचारिक गठन भएको थियो।

एनआरएनए क्युस्युसँग नजिक रहेका लक्ष्मण बानियाँ एनआरएनए क्युस्यु कार्यसमितिको उपसंयोजक हुँदै २०१७/२०१९ कार्यसमिति संयोजक बन्न सफल भएका थिए। जापानको क्युस्यु क्षेत्रको सामाजिक कार्यमा सक्रिय युवा बानियाँले फुकुओकाको रहेको नेपाली समुदायको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको पनि सदस्य हुँदै उपाध्यक्ष र अध्यक्ष समेत रहेका थिए। उनी विगत ६र७ वर्ष देखि जापानको सामाजिक क्षेत्रमा सक्रिय छन्। बानियाँ विभिन्न सामाजिक कार्यमा धेरै समय दिन सक्ने, खट्ने र आर्थिक रुपमा पनि सहयोग गर्ने व्यक्तिको रुपमा स्थापित रहेका छन्।

फुकुओकामा सबैलाई समेट्ने र नेपाल र नेपालीको सान बोकेको कार्यक्रम नेपाल फेस्टिवल फुकुओकाको कार्यसमितिको विभिन्न क्षेत्रमा जिम्मेवारी निभाउँदै उपसंयोजक र गत वर्ष सम्पन्न नेपाल फेस्टिवल फुकुओका २०१९ को संयोजक भई नेतृत्व समेत लिईसकेका छन्। उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका बानियाँले आगामी कार्यकालको लागि एजेन्डाहरु अगाडि सारेका छन्। उनले नेपाल सरकार, उद्योग वाणिज्य महासंघ लगायत व्यवसायीहरुसँग सहकार्य गरी नेपालमा लगानी भित्राउने, क्युस्यु क्षेत्रको महावाणिज्य दूतको सक्रिय सहभागिताको लागि पहल गर्ने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानिज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने र जापानमा नेपाली समुदायका बीचमा खेलकूदको विकासमा सक्रिय रहने लगायतका चुनावी एजेण्डाहरु अगाडि सारेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु