मल्ल दम्पतीले झुमाए गुल्मी

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७९, बुधबार

काठमाडौं । गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्लले गुल्मी उद्योग बाणिज्य महासंघ तम्घासमा आयोजित गुल्मी महोत्सव–२०७८ मा प्रस्तुति दिएका छन् । नमस्ते गुल्मी भन्दै मल्ल दम्पतीले स्टेज तताउन शुरु गरे पछि प्रस्तुतिभर दर्शक ननाँचि बस्न सकेनन् ।

उनीहरुले कार्यक्रममा आफ्ना एक पछि अर्को चर्चित गीतहरु गाइरहँदा महोत्सवमा उपस्थित दर्शक झुमिरहे ।
लोभी आँखा (त्यो मान्छेले हेरेको हेरै छ) गीतबाट प्रस्तुती शुरु गरेका थिए । पहिलो प्रस्तुतिमै जोशिएका दर्शकहरु दोश्रो प्रस्तुति ‘धरोधर्म विद्यानास’ मा पनि उतिकै जोशले नाचे ।

मल्ल दम्पतीले जब पछिल्लो समयको हिट गीत ‘डाँडाघरे साईंली’ गाए दर्शक नाचेनन् मात्रै उनीहरुसँगै कठस्त गाएर सुनाए पनि ।

चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ६ गते सकिएको हो । बैशाख ५ गते अन्य राष्ट्रिय कलाकारसँगै मल्ल दम्पतीले पनि प्रस्तुति दिएका हुन् । महोत्सवमा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु