लक्ष्मी निर्मल कोइरालाको स्वरमा ‘मायाको मिटर’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । लक्ष्मी निर्मल कोइरालाको स्वरमा रहेको ‘मायाको मिटर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा हिमाल सागरको शब्द र सङ्गीत रहेको छ भने साही गीतमा सञ्जय हमालको सङ्गीत संयोजन रहेको छ । उक्त गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफि गरेका हुन । सोही गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानको अभिनय रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएका छौ आशा छ दर्शकरस्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने । ‘मायाको मिटर’ बोलको गीतलाई उत्सव दाहालले छायाँकन, गेरका हुन भने सोही गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हन । उक्त भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङरमाष्टरिङ रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु