नेपालको महिमा गाउँदै आइन् लक्ष्मी

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७८, बिहीबार

काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधान नयाँ राष्ट्रिय गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी छिन् ।

‘मेरो देश नेपाल’ शीर्षकको यो गीतमा गायिका लक्ष्मीको स्वर रहेको छ भने विकास चौधरीले यसलाई संगीतबद्ध गरेका हुन् । डिआर गौतमको शब्द रहेको यस गीतमा गायिका तथा मोडल अनामिका चौलागाईंको कोरस गाएन रहेको छ । सन्जय हमालले संगीत संयोजन गरेको यस गीतलाई मिक्सिङ गोबिन्द सोनिले गरेका हुन् । ए लेभल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतका रेकर्डिष्ट भने सुवास कुथुमी राई हुन् ।

बिनोद बमले निर्देशन तथा सम्पादन गरेको यो भिडियोका छायांकार राम केसी हुन् ।

भिडियोमा गायिका लक्ष्मी पुरीका साथमा संगीतकर्मीहरु पुजा ठकुरी, अस्मिता श्रेष्ठ र देबराज आचार्य प्रस्तुत भएका छन् । भिडियोमा गीतको भावअनुसार नेपालका विभिन्न प्राकृतिक सौन्दर्य र अवस्थालाई झल्काइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु