गायिका लक्ष्मी पुरीको ‘सिठ्ठी बजाउँछन्’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिठ्ठी बजाउँछन्’ बजारमा आएको छ । आधुनिक पप प्याटर्नको डान्सिङ बिटमा रहेको गीत सिठ्ठी बजाउँछन् म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा आएको हो । गायिका लक्ष्मी पुरी प्रधानको स्वर रहेको ‘सिठ्ठी बजाउँछन्’ मा राम गोपाल आशुतोषको शब्द रहेको छ भने देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ । गायिका पुरीले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको बताउँछिन् ।

 

लोकदोहोरीको क्षेत्रमा सबैभन्दा धेरै म्यूजिक भिडियो निर्देशन गरेका निर्देशक शंकर बिसीले आधुनिक प्याटर्नको गीतको निर्देशन गरेका छन् । सिठ्ठी बजाउँछन् गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । शंकर बिसी र करिश्मा ढकालको अभिनय रहेको यस गीतको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका छन् भने नवीन घर्ती मगरको सम्पादन रहेको छ । गीतलाई शुभकामना मिडिया सोलुशनले बजार प्रबद्र्धन गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु