आशाको ‘रिडी दोभान’ (काँकरी) (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७६, आईतवार

काठमाडौं । नेपाली नारीहरुको महान् पर्व तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै मेसोमा गायिका आशा लामा ‘ज्ञानमाला’को स्वरमा रहेको तीज गीत ‘रिडी दोभान’ (काँकरी) सार्वजनिक भएको छ । उक्त गीतमा आशासँगै गीतमा कुशल बेल्बासे र लेखनाथ आचार्यको पनि स्वर रहेको छ । गीतमा कुशल बेल्बासेकै शब्द, सङ्गीत रहेको छ ।

‘रिडी दोभान’(काँकरी) बोलको गीतमा राज केसीको निर्देशन रहेको भिडियोमा निर्मल क्षेत्री र रितु तामाङको अभिनय रहेको छ । उक्त गीतलाई आर,एम,फिल्मस प्रा,लि,ले दृष्य निर्माण गरेको हो भने ऐरेन्जर विश्वास नेपालले गरेका छन् । मुकेश हुमागाईको छायाँकन, केशव भट्टको कोरियोग्रफी प्रकाश एस,के,को सम्पादन र कविता तोलाङ्गीको मेकअप रहेको छ छ । उक्त गीतलाई रेसुङ्गा म्यूजिक ईन्टरटेन्टमेन्ट को यूटेबच्यानलबाट सावर्जनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु