“लिना ब्युटी जोन हेयर एण्ड मेकअप” संचालनमा

म्यूजिक खबर
प्रकाशित: २ कार्तिक २०७७, आईतवार

काठमाडौं – ब्युटिसियन ट्यालेन्ट नेपाल-२०२० सिजन ३ को उपाधि चुम्न सफल सौन्दर्यकर्मी लिना डंगोलले आफ्नो नयाँ ब्युटिपार्लर सुरुवात गरेकी छिन् । ललितपुरको इमाडोल कमलपोखरी स्थित उनले “लिना ब्युटी जोन हेयर एण्ड मेकअप” सञ्चालनमा ल्याएकी छिन् । प्रमुख अतिथि रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले सो व्युटिपार्लरको उद्घाटन गरेकी हुन् । उक्त उद्घाटन समारोहमा बिसेष अतिथिको रुपमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, सौन्दर्यकर्मी रिना अवाले, फेशन डिजाईनर इन्ता श्रेष्ठ, सौन्दर्यकर्मी रचना शाक्य र रेणु शाक्य राना लगायत अन्य सौन्दर्यकर्मी तथा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

रिवन काटेर “लिना ब्युटी जोन हेयर एण्ड मेकअप” को उद्घाटन गर्दै बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले ’ लिना डंगोल बिगत लामो समय देखि सौन्दर्यकर्मी पेशामा रहेर मेहनत र लगनशीलताको साथ् काम गर्दै आएकी र उनीमा एक सौन्दर्यकर्मीमा हुनु पर्ने सम्पूर्ण खुबी र दक्षता रहेको भन्दै उनको उज्जल भबिष्यको लागि शुभकामना व्यक्त गरिन् । त्यसै गरि उद्घाटन समारोहमा संचारकर्मी सुर्य चन्दले केक काट्दै बधाई तथा शुभकामना दिएका थिए।

“लिना ब्युटी जोन हेयर एण्ड मेकअप” अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय व्युटिपार्लर भएको सौन्दर्यकर्मी लिनाले उद्घाटन समारोहमा बताईन् । आफु लामो समयदेखि व्युटिसियन पेशामा आबद्ध भएको र ललितपुर इमाडोल क्षेत्रका व्युटिपारखीहरुका लागि यो पार्लर स्थापना गरेको पनि उनले बताईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु