• Shanidhya Trophy
  • लिपुलेकको विषयमा बन्यो यस्तो गीत ‘गोर्खालीको शान’ भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: ३१ बैशाख २०७७, बुधबार
    Modi

    काठमाडौं । नेपाली गीत संगीतहरुमा मातृभुमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत ‘गोर्खालीको शान’को भिडिया सार्वजनिक भएको छ ।

    गोखार्ली ले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दैँ गीतमा देश प्रतिको मायालाई समेटिएको छ । सार्वजनिक गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत बजारमा आए सगैँ चर्चाको शिखरमा रहेको छ ।

    सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीतमा तयार पारिएको गीतमा देश प्रतिको माया र स्नेहलाई समेटिएको छ ।विदेशीको हस्तक्षेपबाट नेपालको भृुमी गुम्न नदिनको लागी गीतले नेपालीलाई एकजुट हुन आग्रह गरिएको छ । सुवास जिसीको छायाँकन, पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु