पिन्जुले चुमिन् लिटिल च्याम्पको उपाधि

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । जेठ २३ को साँझ पिन्जुको लागि विशेष रह्यो । कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जु मिस्टर एण्ड मिस लिटिल च्याम्पको फाइनल राउण्डमा सर्वाेत्कृष्ट भइन् । राष्ट्रिय नाचघरको भव्य एवं चमकदार मंचमा पिन्जुले मिस लिटिल च्याम्पको ताज पहिरिइन् । यो पल उनको लागि साँच्चिकै निकै रोमाञ्चक एवं गौरवपूर्ण रह्यो ।

‘म निकै खुशी छु । यो क्षण मेरो जीवनका सबैभन्दा खुशीको क्षण हो । कलाक्षेत्रमा केही गर्ने मेरो सपना आज पूरा भयो ।’ ताज पहिरिए लगत्तै पिन्जुले उत्साहितभावमा प्रतिक्रिया दिइन्,‘पहिलो प्रयासमै मैले ठूलो सफलता पाएँ । यति ठूलो मंचमा प्रस्तुती दिएर विजेता बनें । यो सफलताले मेरो आत्मविश्वास बढाइदिएको छ ।’


प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री कल्पना श्रेष्ठ हुुनुहुन्थ्यो । बालअधिकारबारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् । लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् ।
जनवादी गायिका प्रगति महरा र जनकलाकार रंजीत बुढा मगरकी छोरी हुन् । नौ वर्षीया पिन्जु भानुभक्त मेमोरियल पानीपोखरी, काठमाण्डौंमा कक्षा ४ मा अध्ययनरत छिन् । पढाइमा पनि उत्तिकै अब्बल पिन्जुको नृत्य र अभिनयमा विशेष दख्खल छ । म्यूजिक एप टिकटकमा उनको अभिनय र प्रस्तुती निकै चर्चित छन् । तीन वर्षको उमेरदेखि विद्यायलयहरुमा हुने साँस्कृतिक कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्न शुरु गरेकी पिन्जुको भविष्यमा कुशल कलाकार बनेर चिनिइने आकांक्षा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु