रविन लामिछानेको अध्यक्षतामा ४७ सदस्यीय प्रत्यक्ष दोहोरी कलाकार संघ

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७८, शनिबार
live-dohori-artist-association

काठमाडौं । प्रत्यक्ष दोहोरी कलाकार संघ नेपालको प्रथम अधिवेशन आज सम्पन भएको छ | काठमाडौ बालाजु स्थित सगुन क्याफेमा सम्पन्न भएको कार्यक्रममा थुप्रै दोहोरी कलाकारहरुको उपस्थित रहेको थियो | लाइभ दोहोरी गाउने कलाकारहरुको हकहितको लागि र लाइव दोहोरीमा देखिएको बिकृति विसंगति बिरुद्दमा उल्लेखिय काम गर्ने उदेश्यका साथ गठित सस्थाले आगामी दिनमा थप व्यवस्थित र मर्यादित बनाउदै लोक सस्कृतिकको जगेर्ना गर्ने संस्थाको मुख्य उदेश्य रहेको छ ।

आज सम्पन्न प्रथम अधिवेशनबाट चर्चित दोहोरी गायक रविन लामिछाने अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएकोमा हाे | विगत एक दशक भन्दा वढि समयदेखी दोहोरी क्षेत्रमा अव्वल रुपमा चिनिएका लामिछाने विभिन्न संघ सस्थामा आवद्दता हुदै आएका छन्, लामिछाने अहिले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वयन समितिका प्रवक्ता एवम् गोरखा सांस्कृतिक समाजका महासचिव पदमा रहेको काम गरिरहेका छन् |

इन्द्रेणीका संचालक एवम् समाजसेवी कृष्ण प्रसाद कंडेलको प्रमुख आतिथ्यता, रविन लामिछानेको सभापतित्व रहेको कार्यक्रमलाई गायक बालचन्द्र बरालले संचालन गर्नु भएको थियो | अग्रज गायक कृष्ण कँडेलकाे संयाेजकत्वमा अग्रज गायक इन्द्र जिसी, अग्रज गायक बद्री पराजुली र गीतकार सुमन पण्डितकाे निर्वाचन मण्डलले कार्यसमिति चयन गरेकाे हाे । कार्यक्रममा बिनोद श्रेष्ठ, सुनिल लामिछाने लगायतका बिशिस्ट अतिथि सहित अन्य धेरै लाइभ दोहोरि संग सम्बन्धित संचालकहरु अतिथिको रुपमा उपस्थित रहेको थियो । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालसँगै सम्बन्धित रहेका सयौं कलाकारहरुकाे उपस्थिति रहेकाे कार्यक्रममा प्रतिष्ठानको तर्फबाट भने सहभागी थिएन । कार्यक्रममा निम्तो दिईएकाे भए पनि काेही पनि उपस्थिति नहुनुमा समय नभएको कारण उपस्थित नभएको बताइएकाे थियो तर संस्थापक अध्यक्ष अमर विरही गुरुङको फेसबुक स्टाटस प्रमुख कारण रहेकाे बुझ्न सकिन्छ । कार्यक्रम निकै सभ्य र सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको थियो, तदर्थ समितिले दुइ बर्ष पछी आज गरेको अधिबेशन मा रबिन लामिछानेको नेतृत्वमा पूर्ण कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको नामावली यसप्रकार रहेका छ |

अध्यक्ष -रबिन लामिछाने
बरिस्ठ उपाध्यक्ष -बबिता बानियाँ जेरी
प्रथम उपाध्यक्ष -बाल चन्द्र वराल
उपाध्यक्ष- श्याम राना
उपाध्यक्ष-चिज गुरुङ
उपाध्यक्ष- सुमन परियार
उपाध्यक्ष महिला – मिना बुढाथोकी
महासचिव -प्रकाश पराजुली
उपमहासचिव -रेशम निर्दोष
सचिव -वसन्त बिक
महिला सचिव -टिका सानु
कोषाध्यक्ष -मानसिंह खड्का
सह -कोषाध्यक्ष – सुमन थापा

सदस्यहरु :
भीम पौडेल
बाल कुमार श्रेष्ठ
सविन आचार्य
प्रकाश रसाइली
तारा थापा
सुष्मा ठकुरी
टेकराज भण्डारी
निशान्त बिकी
जीवन कडेल
सुमन खड्का
विवेक धिताल
रिता रावत
शोभा कार्की
डिल ब. तिरुवा
शंकर क्षेत्री
जिवन सिग्देल
हेमन्त खत्री
पवित्रा सर्तुंगे मगर
प्रीतम पोखरेल
अमृता लामिछाने
राम परियार
अस्मिता डिसी
गणेश कडेल
प्रशन्न पाठक
दिलिप बिक
प्रकाश परियार
लक्ष्मण पौडेल
वीर सिं सुनार
शर्मिला बीसी
कामना ओलि
धिरज कोइराला
रत्न श्रेष्ठ
सबिन गुरुङ
अमृत सापकोटा

म्यूजिकखबर परिवार नवनिर्वाचित कार्यक्रमसमितिलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु !!

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु