विष्णु माझीबिना चर्चा पाएका दोहोरी गीत ‘गलबन्दी’ र ‘लोभी आँखा’

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार

काठमाडौं । कुनै समय विष्णु माझीको स्वर मात्र राखेर हिट भइन्छ भन्नेहरु पनि ठूलै रकम तिरेर विष्णु माझीलाई स्वर भर्न लगाउँथे । उनको स्वरमा धेरैले गीतसंगीतको व्यापार गरे होलान् तर उनीबिना पनि गीतसंगीतको यात्रा चल्छ, चर्चित हुन्छ, सफल भइन्छ भन्ने भ्रमभित्र भने धेरै स्रष्टा तथा उत्पादकहरु थिए । ‘सालको पात टपरी हुने’ बोलको गीत आएपछि विष्णु माझी राखेर गीत चल्छ भन्नेहरुको ताँती नै लागेको थियो । नाम चलेका हुन् या नचलेका स्रष्टा विष्णु माझी राख्नु पर्छ नत्र भने गीत चल्दैन भन्ने पनि थिए । कोहि कोहि स्रष्टाले त लाखौं आफू लगानी गरेर पनि यूट्यूबको थम्बेलमा ‘विष्णु माझीको आवाजमा’ भनेर समेत राखेका थिए । आफू पछाडि परेर पनि विष्णु माझीको नामबाट गीत चलाउने उनीहरुले सोचेका थिए । एउटै स्वरमा मात्र गीत सुन्दा फरकपन नआउन पनि सक्छ, मिठासमा अभाव हुन पनि सक्छ, त्यसैले फरकपनका लागि पनि अन्य गायिकाहरुलाई लिनुपर्छ भन्ने पछिल्लो समयका केही गीतले उदाहरण दिएका छन् ।

विष्णु माझी लोकदोहोरीको क्षेत्रमा चर्चित गायिका हुन् । उनको स्वरको जादूमा धेरै लगानीहरु भएका छन् । सामान्य पाँचहजारबाट सुरु भएको उनको पारिश्रमिकको यात्रा विस्तारै बढ्दै गयो र ३०, ५० हुँदै अहिले एक लाखमा एउटा गीतमा स्वर भर्ने गरेकी छन् । एक लाख तिरेर उनको स्वर हालेको गीतले सालको पात पछि धेरै आए तर सोचेजस्तो सफलता सबैले हात पार्न सकेनन् । अझै पनि उनको स्वर हालेपछि चल्छ भन्ने सोच बोकेका बजारमा नाम चलेकै स्रष्टाहरु पनि भेटिन्छन् ।
विष्णु माझीको स्वर बिना पनि गीत बजारमा चल्छ भन्ने उदाहरण यतिबेला भने लोभी आँखा र गलबन्दी गीतले दिएको छ । हुन त यो भन्दा पहिला पनि सरिता कार्कीको स्वरमा रहेको ‘लाउँछ माया’ बोलको गीतले विष्णु माझी बिना पनि चर्चा बटुलेकै थियो । तर पछिल्लो समयलाई हेर्ने हो भने बजारमा आएदेखि अझैसम्म ट्रेन्डिङ भित्र कब्जा गरिरहेको दुई दोहोरी गीत हुन् गलबन्दी र लोभी आँखा । गलबन्दीले छोटो समयमा ट्रेन्डिङको १ नम्बरमा धेरै दिन कब्जा ग¥यो र छोटो समयमा नै करोड क्लबको यात्रामा दौडिरहेको छ । समाचार तयार पार्दासम्म गलबन्दी ३ नम्बर ट्रेन्डिङमा छ भने ९६ लाख ६३ हजार २ सय ८५को यात्रामा कायम छ । नेपाली गीतसंगीतको इतिहासमै छोटो समयमा धेरै दर्शकहरुको माया पाएको गीत सायद गलबन्दी भन्दा अर्को बन्न पाएको छैन । यस गीतमा गायिका शान्ति श्री परियार र गायक प्रकाश सपूतको स्वर रहेको छ । प्रकाश सपूतकै शब्द, संगीत रहेको गीतको भिडियोमा साधारण तर गहिराईमा रहेर गाउँको रोधीको कथालाई बुन्न सफल भएका छन् प्रकाश सपुत । त्यसो त यो गीतले लोदोहोरीमा पछिल्लो समय चलचित्रका नायिकाहरुलाई नचाएर दर्शकको माया बटुल्ने ट्रेन्डलाई पनि गलत सावित गराइदिएको छ ।

त्यस्तै लोभी आँखाले पनि ट्रेन्डिङ ५ नम्बरसम्म आएपछि अहिले ४५ नम्बर ट्रेन्डिङमा कायम रहेको छ । समाचार तयार पार्दासम्म लोभी आँखाले ३७ लाख १२ हजार ८ सय १३ दर्शकहरुको माया पाएको देखिन्छ । यस गीतमा गायिका लक्ष्मी मल्ल र गायक वसन्त थापाको स्वर रहेको छ । कृष्ण केसीको शब्दमा वसन्त थापाकै संगीत रहेको लोभी आँखा पछिल्लो समय धेरै मन पराइएको गीत बन्न सफल भएको छ । यस गीतमा शिव विकले भिडियो निर्देशन गरेका छन् भने शिल्पा पोखरेल र पुष्पल खड्काको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु