• ‘संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा पवित्रा बिजेता, कृष्ण सुधालाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २६ असार २०७९, आईतवार

    काठमाडौं । ‘हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा ‘संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९’ भब्य रुपले सम्पन्न भएको छ । कार्यक्रम ललितपुर समितीका अध्यक्ष सुजन बराईलीको अध्यक्षतामा र लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको थियो ।

    प्रतियोगितामा कमलादी समितिकी पबित्रा सतुङ्गी मगर प्रथम, नयाँ बसपार्क समितिका किरण बिसि द्वितीय, नयाँ बसपार्क समिती कै प्रकाश रसाईली तृतीय, लाजिम्पाट समितिका निश्चल गुरुङ्ग सान्त्वना हुन सफल भएका थिए ।

    कार्यक्रममा लोक गीत संगीतमा लामो समय देखि योग्दान र्पुयाएको भन्दै वरिष्ठ लोक गायक र सर्जक कृष्ण सुधा ढुंगानालाई सम्मान गरिएको थियो ।
    प्रतियोगितामा बहुचर्चित कलाकारहरु पशुपति शर्मा, शंकर बिसि, राधिका हमाल, रमेशराज भट्टराई, श्रीकृष्ण बम मल्ल, पुर्णकला बिसि, शान्ती श्री परियार, मञ्जिता केसि लगायत थुप्रै चर्चित कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    ‘संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९’ मा निर्णायक संयोजक रामजी खाण रहेका थिए भने निर्णायक मण्डलका सदस्यहरुमा बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, राजु ढकाल, शिव हमाल, पिएन सापकोटा आदी रहेका थिए ।

    प्रतियोगिताको औपचारिक कार्यक्रम सञ्चालन सचिब रोशन गैरेले गरेका थिए भने सो प्रतियोगिताको कार्यक्रम सञ्चालन सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीले गरेका थिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कार सहित गीतको अडियो र भिडियो निर्माण गरिदिने ब्यवस्थाको रहेको थियो भने द्वितीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार, तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार, सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार रहेको थियो ।
    यस प्रतियोगितामा प्रायोजन जापानमा बस्ने समाजसेवी ब्यक्तित्व धन थापाले गरेका थिए भने प्रथम पुरस्कार प्रायोजन बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्स, द्वितीय पुरस्कार हङकङ बस्ने गीत संगीतप्रेमी उपेन्द्र बिश्वकर्मा, तृतीय पुरस्कार म्याग्दी धौलागिरी गहना पसल, गोङ्गबु, काठमाडौं आदिले प्रायोजन गरेका थिए । प्रतियोगितालाई सफल बनाउन थुप्रै ब्यक्ती तथा संघ संस्थाहरुले सहयोग गरेका थिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई बिग परिबेश रेकर्डिङ स्टुडियोले निस्शुल्क गीत रेकर्डिङ गरिदिने, लोकप्रिय संगीतकार र गायक श्रीकृष्ण बम मल्लले निस्शुल्क गीत सृजना गरिदिने, चर्चित गायक कुलेन्द्र बिश्वकर्माले निस्शुल्क गीत गाईदिने, चर्चित मोडल एबम निर्देशक शिवन पोखरेलले सुटिङ्गका लागि आवश्यक ईकुप्मेन्टहरु निस्शुल्क उपलब्ध गराउने र अभिनय गरिदिने, लोकप्रिय मोडल मञ्जीता केसिले निस्शुल्क अभिनय गरिदिने, मनास्लु पोस्टका मन बहादुर पुनले निस्शुल्क छायांकन गरिदिने, चर्चित भिडियो सम्पादक बिरेन्द्र भाट “बिपिन” ले निस्शुल्क भिडियो सम्पादन गरिदिने, क्रीयटिभ आई टुर एण्ड ट्राभल्सका दिपेन्द्र प्रकाश केसिले सुटिङ्गका लागि आवश्यक यातायातको ब्यवस्था गरिदिने, रमेश सेञ्चुरीले निस्शुल्क एरेञ्ज गरिदिने, सबैको ब्यवस्थापन पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले गरिदिने घोषणा भएर उहाँहरुलाई समेत सम्मान गरिएको थियो ।

    उक्त प्रतियोगितालाई सफल पार्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । प्रतियोगितालाई सफल पार्न ६०५ भन्दा बढी प्रायोजक र सहयोग संकलन गर्न सफल भएको र उत्कृष्ट ब्यवस्थापन गरेको भन्दै पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” लाई दोसल्ला ओढाई सम्मान पत्र सहित विशेष सम्मान गरिएको थियो ।

    ‘संस्थागत एकल लोक गायन प्रतियोगिता’ लाई सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सहयोगीदाता, प्रायोजक, पुरस्कार प्रायोजक, सम्पुर्ण समिती, कलाकार र पत्रकारहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सपोर्टको अपेक्षा गरेको कुरा अध्यक्ष सुजन बराईलीले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु