• राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान चाबहिल समितिको साधारण सभा तथा अधिबेसन सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार ०९:०२

    काठमाण्डौ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन २०७६ सम्पन्न भएको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष रमेश बि.जी को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय महाचाचिब सुबास के.सी, केन्द्रीय सदस्य शिब हमाल, निर्बाचन संयोजक तथा केन्द्रीय सदस्य राजु ढकाल, उपत्यका समन्वय समितिका अध्यक्ष पी एन सापकोटा, महासचिब माधब थापा, चाबहिल समिती संयोजक – भीमसेन खतिवडा लगाएतले निबर्तमान कार्यसमितिले गरेको भूमिकाको उच्च मुल्यांकन गर्दै वर्तमान कार्य समितिलाई बधाई समेत ब्यक्त गरेका थिए ।यस अगी बसपार्क समिति, कोटेश्वर समिति, ललितपुर समिति, बानेश्वर समिति, कमलादी समिति, ठमेल समितिको साधारणसभा पनि सम्पन्न भैसकेको छ ।
    गत बर्षका साधारण सभा भन्दा अहिलेको साधारण सभाबाट धेरै कलाकारहरु प्रतिष्ठानको छाता मुनि रहेर आफ्नो भूमिका निर्वाह गर्न इच्छुक रहेका थिए ।कार्यक्रममा प्रमुख अतिथि रमेश बि.जी ले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सम्पूर्ण कलाकर्मीहरुको एउटा साझा घर हो र त्यस घरमा कोहि घरको चोटामा, कोहि पिंडीमा त कोहि दलान अथवा आँगनमा रहेर आफ्नो हक अधिकार तथा यस क्षेत्रको सम्वृद्धिको लागि जुट्न सकिने बताएका छन् । उनले साधारण सभाबाट निर्बाचित नबन्नु भएका कलाकारहरुलाई पनि घरको चोटा, छिंडी, पिंडी दलान अथवा आँगन सुरक्षित रहेको धारणा राखेका थिए ।
    सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन २०७६ बाट निर्बाचित पदाधिकारी हरुको नाम तल उल्लेख गरिएको छ ।
    अध्यक्ष – दिपक आचार्यप्रथम
    उपाध्यक्ष – सिता खपांगी मगर
    द्दितीय उपाध्यक्ष – अर्जुन पोख्रेल
    महिला उपाध्यक्ष – स्मृति गौतम
    सचिब – पदम थापा
    कोषाध्यक्ष जिबन खतिवडासह-
    सचिब – रमेश ढकालसह –
    कोसाध्यक्ष अंशु मगर
    प्रबक्ता – बिष्णु क्षेत्री
    संचार संयोजक – राजु बोहरा
    खेलकुद संयोजक – सुरेश गुरुङ्ग
    महिला संयोजक – शर्मिला लामा
    कार्यक्रम संयोजक – श्रवन कुमार मिश्र
    सदस्यहरु-कृष क्षेत्रीप्रकाश सोनीधनकाजी परियार निरुता बि कमहेश्वरी मगरसुदीपराज जैरुसरिता खड्कासपना खड्का रहेका छन् ।
    त्यसैगरी मनोनित सदस्यहरुमासावित्र भुजेलनरेन्द्र मल्ल, बिष्णु कुँवर, कमल सरगम रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु