आशा बुढाको ‘बुलेट बाइक’बाट गायनमा पुनरागमन

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०८३, बुधबार १७:३७

काठमाडौं । कुनै समय दाङबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै गायन क्षेत्रमा सक्रिय रहेकी गायिका आशा बुढा लामो समयको विश्रामपछि पुनः गायनमा फर्किएकी छन्।
प्रसिद्ध गीतकार तथा दाङकै सर्जक लोकराज अधिकारीको शब्दमा रहेको ‘बुलेट बाइक’ बोलको तीज गीतमार्फत आशाले गायनमा पुनरागमन गरेकी हुन्। अधिकारीकै विशेष आग्रहपछि आफू पुनः गायनमा फर्किएको आशाले बताएकी छन्।

गीत सार्वजनिक भएसँगै आशाको पुनरागमनले चर्चा पाएको छ। यसअघि उनले यम बराल, डा. गोविन्द आचार्यलगायतका चर्चित गायक–गायिकासँग विभिन्न गीत तथा गीति एल्बममा सहकार्य गरिसकेकी छन्।
लामो समयपछि तीज गीतमार्फत पुनः सांगीतिक क्षेत्रमा फर्किन पाउँदा आफूलाई निकै रमाइलो लागेको र विगतको सांगीतिक यात्रालाई धेरै ‘मिस’ गरेको आशाले बताएकी छन्।

‘बुलेट बाइक’को भिडियोमा आशा स्वयं गायिकाको भूमिकामा प्रस्तुत भएकी छन्। भिडियोमा शिलास्मा हमाल, पूर्णिमा आचार्य र ओम सिटौलालगायतको अभिनय रहेको छ।
भिडियोको छायांकन सुबिन गोदारले गरेका हुन् भने निराजन केसीले सम्पादन गरेका छन्। भिडियोमा श्याम पटेलको नृत्य निर्देशन रहेको छ। दृश्य निर्देशन भने गीतकार लोकराज अधिकारीले स्वयं गरेका हुन्।
भिडियो Highlights Nepalको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु