• गीतकार अधिकारी मेरो रिजर्भेसनको ब्रान्ड एम्बास्डर नियुक्त

    म्यूजिक खबर
    प्रकाशित: २२ श्रावण २०८०, सोमबार

    काठमाडौँ । प्रसिद्ध गीतकार लोकराज अधिकारी मेरो रिजर्भेसन अनलाइन बजारका लागि नेपालका तर्फबाट ब्रान्ड एम्बास्डर नियुक्त भएका छन् । पोल्यान्डमा मुख्य कार्यालय रहेको एसएमएस सर्भिस फर यु पोल्यान्डद्वारा सञ्चालित मेरो रिजर्भेसनका लागि प्रसिद्ध गीतकार अधिकारीलाई नेपालका तर्फबाट ब्रान्ड एम्बासडर नियुक्त गरिएको कम्पनीका प्रबन्ध निर्देशक मित्रलाल पार्धेले जानकारी दिएका छन् ।

    विभिन्न कम्पनीसँगको सहकार्य र पार्धेको भिजनमा सुरु गरिएको यस अनलाइन मार्फत आफूलाई आवश्यक पर्ने सेवा कहाँ को सँग लिने भनेर इच्छा अनुसार रिजर्भ गर्न सकिने जनाइएको छ । हवाई जहाजको सेवा देखी यातायात, होटेल , रेष्टुरेष्ट, कुरियर लगायत रिजर्भ गर्न र सेवा लिन सकिने साथै किनमेल पनि गर्न सकिने प्रबन्ध निर्देशक पार्धेले बताएका छन् । उक्त कम्पनीले सञ्चालन गरेको यो अनलाइन प्लेटफर्म मार्फत शून्य लगानीमा आफ्नो व्यापार व्यवसाय गर्न सकिने र विश्वभर हजारौँको स्वरोजगार निर्माण हुने पनि मेरो रिजर्भेसनले जनाएको छ ।। यस बारे फ्रिलान्सर मार्फत तालिम दिइने पनि उनले बताए ।

    संसारभरका व्यक्तिहरूले मेरो रिजर्भेसन मार्फत अनलाइन पसल सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ । हाल पोल्यान्डको मुख्य कार्यालय मार्फत सेवा सुरु गरेको कम्पनीले केही महिना पछि नेपाल स्थित मेरो रिजर्भेसन प्रा।ली। को कार्यालय बाट यसबारे थप परिमार्जित र विस्तृत सेवा सुरु गर्ने तयारी गरेको छ । यसका कार्यालय विश्वका विभिन्न देशमा बिस्तार गरिने र यसको आफ्नै आधिकारिक एप निर्माण भैरहेको पनि कम्पनीले जनाएको छ । गीतकार अधिकारीले ब्रान्ड एम्बास्डर नियुक्ति गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन् । मेरो रिजर्भेसन प्रा ली को प्रचारात्मक गीत पनि अधिकारीले लेखेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु