लोमश र आरुसी बने ‘राधा कृष्ण’

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७७, बुधबार

काठमाडौं । योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। ‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ।

चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन्। सुजन श्रेष्ठले खिचेको भिडियोलाई युबराज खत्रीले सम्पादन गरेका छन्। काठे भाकाको लोक तथा दोहोरि गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु