फिल्म ‘लभ यु हमेशा’ को ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनीक

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

काठमाडौं । प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’मा समाबेश यो हावा किन चल्छ बोलको गीत सार्वजनीक गरिएको छ । मंसिर १३ गते प्रदर्शन हुने फिल्मको रोमान्टिक गीतमा यशराज र ऋचा थापा फिचर छन् ।
भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको सो गीत सुधीर राई र मेलिना राईले गाएका हुन् । भासुको शब्द र संगीत रहेको गीतफिलिपिन्सको समुन्द्री तटमा खिचिएको हो । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीत प्रेमाभावले प्रेरित छ ।
कार्तिक १५ गतेबाटभारतको दार्जिलिङ,सिलगुढी लगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मले स्वदेशमा पनि दर्शकको मन जित्ने बिश्वास निर्माता यवनले ब्यक्त गरे । प्रेसमिट कार्यक्रममा अभिनेता यशराजले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए । कार्यक्रममा उनले सुटिङका क्रममा बिबिध रमाइला पलहरु सुनाएका थिए । ऋचाले पनि आफू यो फिल्मबाट ठूलो आशा राखेको बताइन् । उनले दार्जिलिङ रिलिजमा दर्शकले फिल्मनिकै मन पराएको प्रसंग उल्लेख गरिन् भने अर्की अभिनेत्री फिजा योञ्जनले फिल्म हेरेका दर्शकले निकै राम्रो कमेन्ट गरेकाले खुशी लागेको बताइन् ।

फिल्मका बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘लभ यु हमेशा’ प्रेम मन पराउने सबैका लागि सुन्दर फिल्म बनेको बताए । उनले आफूहरुले यो फिल्म धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्न लागीपरेको सुनाए । शिब ढकालले खिचेको फिल्ममायशराज गरच, ऋचा, फिजाका साथमा गोपालढकाल (छन्दे), शिसिर राणा,करुणाश्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राई लगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा कमल राई र रामजीको कोरियोग्राफी छ । मिलन गुरुङ सहनिर्माता रहेको फिल्म मंसिर १३ मा देशभरका हलका साथै भारतका केही थप हलमा प्रदर्शन हुने जानकारी निर्माता यवनले दिएका छन् ।

हेर्नुस् गीत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु