नेपाली कथानक चलचित्र “लव जोन“को छायाँकन समाप्त

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७५, आईतवार

रोशन पोखरेल
काठमाडौं । बिजि बर्मा फिल्मस को ब्यानरमा ओम बहादुर कार्की को निर्माणमा रहेको नेपाली चलचित्र “लव जोन“ चलचित्र को गीतको छायांकन को सगैँ सबै छायाँकन सकिएको छ ।
चलचित्रमा समाज मा बिध्यमान रहेको विभिन्न समस्या लाई चलचित्रल उजागर गर्ने प्रयास गरेको निमार्ण पक्षले जनाएको छ । मायाको कुनै अबधि र सिमाना हुदैन सन्देश चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी ले बताए ।
राजन महर्जन, तृष्णा खड्का, डिबि लामा सहित नव प्रस्तुतिमा बिक्रम कार्की,प्रेरणा बोहरा ,रुबिना थापा, राजनश्रेष्ठ, राजु श्रेष्ठ, सुषमा थिङ, कुमार कार्की ,शर्मिला भुजेल,निमा लामा को अभिनय रहेको छ । सोलु, जिरी, रामेछाप, काभ्रे र काठमाडौको रमणिय स्थानहरुमा छायांकन गरिएको छ । बिक्रम कार्की र सरोज थापा को छायांकन, राजन महर्जन र सुरेस पान्डेको नृत्य रहेको छ ।

लवजोन चलचित्रमा शंकर अधिकारी घायल को गित,बाबुल गिरि को संगीत रहेको छ भने बाबुल गिरि ,नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । चलचित्रलाई आगामी नयाँ बर्षमा रिलिज गर्ने तयारी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु