बुद्ध जन्मभूमि लुम्विनीमा ५०० कुलपुत्र प्रवज्या कार्यक्रम आजदेखि शुरु

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार

रुपन्देही। बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम शुरु भएको छ । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ ।

अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना आईतबार लुम्बिनी स्थित कोरियन विहारमा प्रवज्या शुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरुलाई प्रवज्या (अल्पकालिन भिक्षु) शुरु गरेका हुन ।
उक्त अवसरमा महास्थविर सुपोतले बुद्धधर्मको अनुयायी भएर अल्पकालिन भिक्षु बन्न तयार भएकाहरुलाई स्वागत गर्दै बुद्धको ज्ञान, बुद्धको सन्देश ग्रहण गर्न आग्रह गरे । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई , लुम्बिनि विकास कोषका पूर्व सदस्य प्रविणराज शाक्य, कानुन व्यवसायी लेखक अधिवक्ता नारायण श्रेष्ठ,नेपालकै नम्वरवन् व्यूटी पार्लर रश्मिलाज् फेसियल हाउसका संरक्षक युवा निर्माण ब्यवसायी एवं समाजसेवी प्रकाशकुमार श्रेष्ठ, तथा भोला प्रसाद गुप्ताको सहभागिता रहेको थियो । शनिबार काठमाडौंमा प्रव्रज्या गरिएको थियो ।

काठमाडौं र लुम्बिनीमा गरि ५ सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासंघले जनाएको छ । अगामि चैत्र २ गते बुद्ध जन्मभूमि लुम्बिनी स्थित मायादेवी मन्दिरमा ५ सय जनाको प्रवज्या हुने संस्थाले जनाएको छ । प्रव्रज्याको समापन चैत्र १७ गते हुने भएको जनाइएको छ। लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आईरहेकोछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु