संगीतकार मदन दिपविमको निधन

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७६, सोमबार

काठमाडौं । सुरिलो रुख सल्लै हो, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रिया लगायतका चर्चित संगीतकार मदन दिपबिमको अमेरिकामा असामयिक निधन भएको छ । मदन दिपबिमका दर्जनौं चर्चित गीतहरु कालजयी बनेर रहेका छन् । त्यस्तै मदन दिपबिमकै शब्दमा रहेको भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो, कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो कुन्ती मोक्तानको स्वरमा रहेको गीतले पनि राम्रो सफलता चुमेको थियो । संगीतकार मदन दिपबिमकी छोरी ममता दिपबिम पनि चर्चित गायिका हुन् । सुरिलो रुख सल्लै हो बुबा मदन दिपबिमकै संगीतमा छोरी ममताले गाएकी थिइन् । बुबा संगीतमा लागेर पारिवारिक अवस्था नसुध्रिएको भन्दै गायिका ममताले पेशा नै परिवर्तन गरी अमेरिकातिर लागेकी थिइन् । पछिल्लो समय संगीतकार तथा गीतकार मदनदिप पनि अमेरिकामा नै रहँदै आएका थिए । अमर स्रष्टा मदन दिपबिमप्रति म्यूजिक खबर परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

मदन दिपबिमका संगीतमा सजिएका गीतहरु

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु