मौलिक तीज गीत ‘माइतीको दैलो’मा ग्रामिण परिवेशको यथार्थ चित्रण

म्यूजिक खबर
प्रकाशित: १५ श्रावण २०८२, बुधबार २१:३१

काठमाडौं । यतिबेला तीज गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ । सार्वजनिक भएका र धेरै भिवर्स कमाएका धेरै गीतहरुलाई हेर्ने हो भने अधिकांश कित दोहोरी गीत सार्वजनिक भएका छन्, कित तीजमा रक शैलीलाई मिश्रण गरेको पाइन्छ । यस्तै गीतहरुलाई श्रोताले रुचाउँछन् भनेर विभिन्न भावभंगीका दोहोरी या रक शैलीका गीतलाई प्राथमिकता दिने हो भने एक दिन तीज गीतको वास्तविक मर्म भोलीको पुस्तालाई थाहापत्तो हुने छैन । तर यस्तै भड्किलो तीज गीतको भिडमा पनि केहि मौलिक तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसैबिच लोकप्रिय गायिका समिक्षा अधिकारीको स्वरमा ‘माइतीको दैलो’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा समिक्षा सँगै मदन ढकाल, बिमला ढकाल र लक्ष्मी बस्नेतको स्वर रहेको छ ।

गीत मदन ढकालको प्रस्तुतीमा सार्वजनिक गरिएको हो । गायक मदनले यसबर्षको तीज नजिकिदै गर्दा सम्पूर्ण दिदीबहिनीका लागी कोसेली स्वरुप गीत सार्वजनिक गरेको जानकारी दिए । गीतमा मदनकै शब्द छन् भने घनश्याम खत्रीको संगीत रहेको छ । संगीत संयोजन अनमोल बस्नेतले गरेका छन् । मिक्सिङको काम बिमल छिनालले गरेका छन् ।

गोरखामा छायांकन गरिएको गीतको भिडिओमा मोडल उषा सुवेदीसँगै घनश्याम खत्री, बिनोद बिके, गीता परियार, मन्जु पाण्डेको अभिनय रहेको छ । मरुभूमि नारायणले खिचेको भिडिओलाई रोशन धितालले सम्पादन गरेका हुन् । भिडिओलाई गायक मदनले नै निर्देशन गरेका हुन् । भिडिओमा कथा पनि मदनकै रहेको छ ।

भिडिओमा एक चेलीले आफ्नो श्रीमानको मृत्युपछिको अवस्थालाई माइतीमा सुनाएकी छिन् । भिडिओ टिएम म्युजिक प्रोडक्सन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु