
जयन सुब्बा मानन्धर
काठमाण्डौं । बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा गायिका देविका बन्दनाको नया सांगीतिक प्रस्तुती सार्वजनिक भएको छ । जयनेपाल सिनेमा हलमा आयोजित एक कार्यक्रम बिच उक्त युगल गीतको म्युजिक भिडियों प्रिमियर गरिएको हो । “तिमी सँग बिहे भो” बोलको यस गीतमा मदन कृष्ण श्रेष्ठ तथा देविका बन्दनाको स्वर रहेको छ भने गीत शब्द स्वयम मदन कृष्ण श्रेष्ठले सिर्जना गरेका हुन् । भिडियो सार्वजनिक भएपछि गायिका देबिका बन्दनाले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग युगल गायन गर्ने चाहना पुरा भएको बताउँदै रमाइलो, नयाँ शैलीको गीतलाई प्रशसक, दर्शक एव श्रोताहरुले मनपराउने धारणा व्यक्त गरिन् ।
त्यस्तै यस गीतका गायक, गीतकार तथा अभिनेता बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कार्यकममा उक्त गीतसँग सबन्धित रोचक प्रसग जग्गेमा दुलाहाको भेषमा सजिएर अभिनय गर्ने क्रममा लाज लागेको बताएका थिए । मदनकृष्णको श्रीमतीको रूपमा यस गीत मा देखिएकी अभिनेत्री दिपाश्री निरौलाले पनि मदनकृष्णसँग जोडी बनेर अभिनय गर्ने आफ्नो चाहाना पुरा भएको बताउँदै अवसरका लागि निर्देशक केशवराज भट्ट तथा गायिका देबिका बन्दनालाई धन्यवाद दिइन् । गायिका देविका बन्दनाको युटयुब च्यानल मार्फत सार्वाजनिक भैसकेको यस गीतलाई अनिल शाहीले सशीतबद्ध तथा संगीत संयोजन गरेका छन् । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सीङ तथा मास्टरीङ्ग दिप तुलाघारले गरेका हुन् ।
हरि हुमागाइ द्वारा छायाकन गरिएको यो भिडियोमा सपादन, कलर तथा ग्राफिक्सको काम मनोज कार्कीले गरेका हुन् । केशवराज भट्टद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोको मुख्य पात्रहरू मदन कृष्ण श्रेष्ठ, दिनेश डिसीसंगै दिपाश्री निरौलाको रहेको छ । भिडियोमा दम्पतीले आ–आपनो सपनामा वैवाहिक समारोहका झलकहरु देख्ने प्रसगहरु प्रस्तुत गरिएको छ । मदन कृष्ण श्रेष्ठले आफ्नो सपनामा दिपाश्रीसँगै विवाह भएको देख्छन् भने दिपाश्रीले चहि दिनेश डिसीसँग विवाह भएको सपना देखेको प्रशंग गीतमा समेटिएको छ ।
यस भिडियोमा कलाकारहरुको आर्कषक पहिरनहरु डिजाइनर काजल शर्माले तयार पारेका हुन् भने कलाकारहरुको मेकअप बिश्वराम के सी ले गरेका हुन् । भिडियो निर्माणमा युवराज हुमागाई सहायक क्यामेरामेनको रूपमा रहेका छन् । त्यस्तै । प्रकाश ब्यवस्थापनमा सुरेश थापा , राम प्रसाद हुमागाई , राजेन्द्र हुमागाई तथा गोकुल हुमागाईले गरेका छन् ।