मदन केसी र बबिता किराँतीको स्वरमा ‘मेरी मायालाई’

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७८, सोमबार
music khabar

काठमाडौं । उदीयमान गायक मदन केसी र लोकप्रिय गायिका बबिना किराँतीको स्वरमा रहेको गीत ‘मेरी मायालाई’ गीत सार्वजनिक भएको छ । प्रशान्त रानाको शब्द तथा संगीतमा रहेको यस गीतको संगीत संयोजन भने कृष्ण केसीले गरेका छन् ।

यस गीतको भिडियोमा गायक मदन केसी स्वयम् खेलेका छन् । उनको साथमा जसोदा कार्कीको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको यस गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन एवं सम्पादन गरेका छन् ।

गीत सार्वजनिकसँगै गायक केसीको स्वरको प्रशंसा धेरैले गरिरहेका छन् । गायक केसीको यसभन्दा अगाडि लकडाउनको समयमा भगवान बोलको गीतसमेत सार्वजनिक भएको थियो । सम्भावना बोकेको स्वरका रुपमा उनको स्वरलाई लिन थालिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु