दुई दशकपछि गायनमा उत्रिए मदकृष्ण श्रेष्ठ

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७६, सोमबार

काठमाडौं । मदनकृष्ण श्रेष्ठको नाम लिने बित्तिकै हाँस्य कलाकारकै रुपमा धेरैले चिन्ने गर्छन् । हाँस्य जगतका पिताका रुपमा उहाँलाई लिने गरे पनि उहाँ कलाकारितामा विभिन्न परिचयहरु आउने गर्छन् । अभिनय कलाभन्दा बाहिर रहेर हेर्दा मदनकृष्ण श्रेष्ठ एक अब्बल गायक हुनुहुन्छ । ‘खोला वारी खोला पारी पिपलु र बर, हावा चल्यो पात हल्यो माया वरवर’ उहाँका लागि गायनको परिचय दिलाउने नाम हो । त्यही गीत गाएको अढाई दशकपछि उहाँको गायन यात्रामा अर्को गीत थपिएको छ ‘रानीखोला तरेपछि मायालुको गाउँ भेटियो’ ।

वरिष्ठ संगीतकार शक्ति वल्लभको संगीतमा खोला वारी खोला पारी गाउनुभएका गायक मदनकृष्ण श्रेष्ठले उहाँकै संगीतमा ‘रानीखोला तरेपछि’ गीत गाउनुभएको हो । स्टुडियो साउण्ड डिजाइन नक्सालमा रेकर्ड भएको उक्त गीतका बारेमा उहाँसँग कुरा गर्दा आफूले धेरै गीत गाइसकेको भए पनि चिनाउने गीत खोला वारी खोला पारी नै भएको बताउनु भयो । गायक श्रेष्ठले ‘पानी सुक्यो बाग्मतीमा आगो लाग्यो बनमा, यो मायाको मौनताले पोल्न थाल्यो मनमा’ भिडियो नभएका कारण ओझेलमा परेको विगत सुनाउनुभयो ।

हुन त उहाँले धेरै गीत गाउनुभएको छ । सबै गीतहरुले उहाँलाई सफल गायककै परिचयमा स्थापित गरेको छ । मह संचारको यात्रामा लागिरहँदा पनि उहाँको स्वरमा केही गीत रेकर्ड भएका थिए । तर उहाँलाई संगीतकार शक्ति बल्लभकै संगीत फापेको रहेछ । खोलावारी खोला पारीले जति सफलता पायो अबको रानीखोलाले पनि उत्तिकै सफलता पाउने जोश जाँगर उहाँभित्र देखिएको बताउँदै वरिष्ठ संगीतकार शक्ति बल्लभ भन्नुहुन्छ ।
यस गीतका गीतकार रमेश दाहाल गीति लेखनको २५ वर्षको दौरानमा आफूलाई यो गीतले एउटा इतिहास लेख्न सफल हुने विश्वास दिलाउनुहुन्छ । धेरै गीत लेखेँ, रेकर्ड भए, बजारमा आए फरक कुरा हो तर वरिष्ठ कलाकार गायक मदनकृष्ण श्रेष्ठ, संगीतकार शक्ति बल्लभवसँगको यो सहकार्यले इतिहास कोर्दैछ, गीतकार दाहाल बताउनुहुन्छ । गीतको संगीत संयोजक मनोहर सुनाम हुनुहुन्छ भने रकेर्डिङ तथा मिक्सिङको काम भोला पौडेलले गर्नुभएको छ । गीत छिट्टै नै बजारमा आउने तयारीमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु