‘हाइ मेरो जिन्दगी’ मार्फत माया बटुल्दै मधु र बिक्रम

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार
मधु क्षेत्री‘हाई मेरो जिन्दगी’ madhu-chhetri bikram-pariyar

काठमाडौं । हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका मधु क्षेत्रीको नयाँ तीजको कोसेली ‘हाई मेरो जिन्दगी’ पनि डिजिटल बजारमा सार्वजनिक भएको छ।

“हाई मेरो जिन्दगी” मा मधु क्षेत्रीलाई गायक बिक्रम परियारले स्वरमा साथ दिएका छन् । करन न्यौपानेको लय तथा शब्द रहेको गीतलाई बिपिन आचार्यको एरेन्ज रहेको छ । एमबि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत सार्वजनिक भएसँगै दर्शक श्रोताले ‘उत्कृष्ट गीत’ भनेर तारिफ गरेका छन् ।

चर्चित निर्देशन प्रकाश भट्ट को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा रुबिना अधिकारी, बबिन ठकुरी ,लोमश शर्मा र रुबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ। राजेश घिमिरेले छायांकन गरेकि म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादक गरेका छन ।

गत बर्ष मधु क्षेत्री र खेम सेन्चुरीको स्वर रहेको तीज गीत ‘सोचे झै रैन्नछ जिन्दगी’ ले राम्रो सफलता पाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु