अचम्म ! गीत भाइरल गराउन ‘मर्ने सल्लाह’

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७७, आईतवार

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुनेको भीडसँगै भाइरलको प्रयोग गरेर गीतसंगीतलाई पनि भाइरल गराउने प्रचलन बढ्को छ । गाउँ गाउँबाट भाइरल कन्टेन्ट खोज्ने यूट्यूबरहरु र तिनीहरुको आडमा चलेको गीतसंगीतका भाइरल गीतसंगीतहरुको भीडमा राम्रा सिर्जना आए भने तिनीहरु ‘सहिद’ भइरहेको सुनिन्छ । वर्षौं वर्ष साधना गरेर गीतसंगीत क्षेत्रमा निरन्तर लागेका संगीतका साधकहरुको सिर्जना यतिबेला ‘सहिद’भित्र नै पर्ने गरेको पनि छ । अडियो राम्रो बनायो, भिडियोमा लगानी गर्न गाह्रो छ । कि भाइरलको जमाना छ कि भने महंगा हिरो हिरोइन राखेर भिडियोलाई महंगो बनाइएको छ । यस्तो विषम परिस्थितिमा बजारमा एउटा गीत सार्वजनिक भयो तर कसरी चलाउने भनेर बैठक नै बस्यो रे !

राजेश हमाल त यतिबेला ‘भाइरल’ कन्टेन्टको साथमा चल्नुपरेको छ भन्ने ‘महसुस’ भएर हामी अब कसो गर्ने भन्ने सल्लाह चल्न थालेछ । संगीत क्षेत्रमा होनाहार नाम चलेका तीन हस्ती जो शिखरमा नै चलिरहेका छन् । तर गीत चल्ने छाँटकाँट नै देखिएन । कुनै बेला ती गीतकार जसको शब्दसँग लोभिएर पछि लाग्नेको भीड हुन्थ्यो । त्यस्तै गायक जसको आवाजमा अझै पनि पछि लाग्नेहरु छन् । संगीतकारको त कुरै नगरौं पछिल्लो समय महंगो भनेर चिनिएका छन् । जसको संगीत संयोजनले बजारमा तहल्का पिटिरहेको अवस्था छ । तीनै जना हस्ती पछिल्लो समय पनि उत्तिकै चर्चामा हुँदा पनि गीत भाइरल हुन सकेको छैन ।

गीत सार्वजनिक गरेकै दिन ती स्रष्टाहरुको बैठक चलेछ । गीत भाइरल गराउनकै लागि भए पनि एकजना मरौं ! अचम्म कतिसम्मको आँट होला ? यो सल्लाहमा गीतकारले भनेछन्– ‘मेरो त घर बन्दैछ यार मर्नु हुन्न !’ गीतकारको यस्तो कुरा आएपछि संगीतकारले भनेछन्– ‘मेरो पनि स्टुडियोको व्यवहार मिलाउन पाएको छैन, मुद्धामामिलामै छु के गर्ने होला त ? अब बरु गायकलाई भनौं भनेर सोच गरेका गीतकार र संगीतकारले फेरि मन बुझाएछन् – ‘उनी त झन् देशको कानूनमा नै एउटा नजिर बसोस् भने सरकारवादी मुद्धामा दौडिरहेका छन् ।’

अब तीनै जना गायक, गीतकार र संगीतकारको मर्ने फुर्सद नै भएनछ । बल्ल बल्ल एउटा आशावादी गीत बजारमा ल्याएको भाइरल गराउनका लागि बजारमा ‘फलानोको जिन्दगीको अन्तिम गीत’ भन्ने शीर्षकमा बैठक बस्दा पनि बैठक सफल हुन नसकेपछि गीतले धिमे गति लिँदै अगाडि बढेको अवस्था छ । अब त ‘महसुस’ हुन्छ कि अब त गीतकार एकनारायण भण्डारी, संगीतकार तथा संगीत संयोजक आशिष अबिरल र गायक प्रमोद खरेललाई । अनि यसै गीतका भिडियो निर्देशक दिपक आचार्य, कलाकार मुकुन भुसाल र गरिमा शर्मालाई ।
गसिपको दुनियाँमा जय गीत जय संगीत । नपत्याए एकचोटी गीत सुन्नुस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु