• मौलिक तिज गीत ‘मन परेको फरिया’

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

    काठमाडौं । तिज नजिकिँदै गर्दा तिज सम्बन्धी विविध गीतहरु बजारमा आएका छन् । कोहीले खुशी प्रदान गर्छन् भने कसैले दुःख, पीर वेदनालाई प्रस्तुत गरेर मनका वेदना पोख्ने गर्छन् । धेरै गीतहरुमध्ये बजारमा वेदनाका गीतले बढी आनन्द प्रस्तुत गर्ने गरेका छन् भने नृत्य शैलीमा भएका गीतहरुले सबैलाई नचाउन सफल भएका छन् । यतिबेला भने हमाल म्यूजिकद्वारा बजारमा आएको गीत ‘मन परेको फरिया’ले दर्शकको माया पाउन थालेको छ ।

    हरि गिरी विमर्शी र स्मृति शाहीको स्वरमा रहेको गीत ‘मन परेको फरिया’मा शब्द संगीत हरि गिरी विमर्शीले लेखेका छन् । गीतको मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ भने प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोबाट बजारमा आएको हो ।

    भिडियोमा नम्रता खरेल पौडेल र शिवहरि नेपालको अभिनय रहेको छ । उनीहरुको साथमा खेम बा र गोमा न्यौपानेकोसमेत अभिनय रहेको छ । भिडियोलाई दिनेश पराजुलीले छायाँकन गरेका छन् भने अमृत चापागाईंको सम्पादन रहेको छ । कुमार केसीको निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोलाई जनता डिजिटल फिल्म्सले पोस्ट प्रोडक्सन गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु