काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ‘तिम्रो दिलको चाबी’ बोलको रमाइलो र सुमधुर गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने चर्चित भर्सटायल गायिका माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ । गीत सार्वजनिक भएसँगै दर्शक श्रोताले राम्रो प्रतिक्रिया दिएका छन् । गीतको स्वर र संगीत उत्कृष्ट भन्दै चर्चा भएको छ । शब्द र भिडियोलाई पनि रुचाइएको छ । विशेषतः माया प्रेम अनि बिरहका गीत लेख्दै आएका गीतकार दिपकराज पाठकले यो गीतको शब्द लेखेका हुन् ।
गीतको शब्द अनुसार सुहाउदो जोडी नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले गीतको भिडियोमा मोडलिङ गरेका छन् ।
प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियो निर्देशन दिपकराज स्वयंले गरेका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । पछिल्लो समय गीतकार पाठक फरक फरक कन्सेप्टमा म्युजिक भिडियोको निर्देशनमा समेत ब्यस्त रहेका छन् ।
हेरौं भिडियोमा :