• मनिषले ल्याए ‘काल मेरो साथी’ हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १३ कार्तिक २०७५, मंगलवार

    पछिल्लो समय फरक किसिमको गीतसंगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष बसिस्ठले सर्ट फिल्म ‘काल मेरो साथी’ लिएर आएका छन् । पछिल्लो समय पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो सर्ट फिल्म लिएर आएका हुन् । यसमा रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्ट अनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् । यसको लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन ।

    यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् । म्युजिक भिडियो निर्देशन हुदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन् । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निकेश सर्ट फिल्म मार्फत निकै आश्वादी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु