• नाँचु नाँचु लाग्ने तीज गीत ‘यो तीजमा नजाने माइती’

    म्यूजिक खबर
    प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

    काठमाडौं । यो वर्षको तीज पर्वलाई लक्षित गरेर नयाँ नयाँ तीज गीतहरु सार्वजनिक गर्ने क्रम बढीरहेको छ । यसै क्रममा, नयाँ तीज गीत ‘यो तीजजमा नजाने माइती’ बोलको गीत पनि सार्वजनिक भएको छ ।
    वरिष्ठ संगीतकार शम्भूजीत बाँस्कोटाको संगीत निर्देशनमा तयार भएको नयाँ तीज गीत ‘यो तीजमा नजाने माइती’ बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा प्रीमियर गरिएको छ ।

    बिहिबार नै यूट्युबमार्फत पनि सार्वजनिक गरिएको उक्त गीतमा बासकोटाकै शब्द रचना तथा गायिका मञ्जु थापाको स्वर सुन्न सकिन्छ ।
    यो गीतमार्फत तीजमा समेत माइत नजाने दिदीबहिनीहरुलाई रमाइलो दिने प्रयास गरेको छ ।

    गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, नीता ढुंगाना, रेजिना उप्रेती आदि अभिनेत्रीहरुले कम्मर मर्काएका छन् ।

    यो भिडियोलाई गम्भिर विष्टले निर्देशनका साथै कोरियोग्राफीसमेत गरेका छन् । दिनेश पराजुलीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई म्युजिक नेपालले प्रस्तुत गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु