मन्जुको स्वर, सन्तोषको संगीत र सुमनको शब्दमा ‘मेरो नजर’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०७८, बुधबार

काठमाडौं । उदियमान गायिका मन्जु उपासनाको नयाँ गीत बजारमा आएको छ। ‘मेरो नजर तिमी माथी ,तिम्रो नजर कता’ बोलको यस गीतलाइ संतोस श्रेष्ठले संगीतबद्ध गरेकाछ्न् ।

नेस्नल क्यापिटल अवार्ड २०१८ बाट सम्मानित नबराज पोख्रेल ‘सुमन’ले ‘पिउँछु म त पाहाडको चिसो कडा पानी’बाट उत्कृष्ट रचना लेखी अवार्ड समेत चुमी सक्नु भएकाले,थुप्रै गीत हरु लेखी सकेका नवराज पोखरेल ‘सुमन’को पुन यो नयाँ गीत मा मन्जु उपासनाकै कोरियो ग्राफी,एरेन्जर सुदीप सागर समेत रहेको गीतमा चर्चित मोडेल्हरु गीता ढुङाना र अन्जुको सुनुवार को मुख्य भुमिका हुनुका साथै आयान राई,मनकुस राइको पनि नृत्य देख्न पाइन्छ।

एच बि सुनुवारको निर्देशन तथा दिनेस मुस्कानको छायाँकन र सम्पादन दुबै रहेको गीत हेर्दा वा सुन्दा छमछमी नाच्न मन लाग्छ।२०७८र०६र१७ गते मन्जरी युटुब च्यानल मार्फत श्रोता दर्शक सामु पुर्‍याइएको गीत,नृत्यका पारखिहरु माझ, निकै लोकपृय हुने प्रारम्भिक अनुमान गरिएको छ। यस गीतका रचनाकारले लाइक कमेन्टट र सेयर गरेर श्रष्टालाइ सम्मान तथा हौसला प्रदान गर्न अनुरोध समेत गरेकाछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु