मन्जु र एचबीको स्वरमा ‘दिइसकें यो जोवन’

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७७, बिहीबार

काठमाडौं । लोकप्रिय गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा ‘दिईसकें यो जोवन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको संगीत गायक एचबी सुनारले नै गरेका छन् भने गीतको शब्द शान्त गोबिन्द महर्जनको रहेको छ । गीतको संगीत संयोजन साहास शाक्यले गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ ले गरेका छन् । भिडियोमा पुष्प खड्का र गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ । जनता डिजिटल फ्लिमस्को पोष्ट प्रोडक्सनमा निर्माण गरिएको भीडियोको सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा र कोरियोग्राफी सुवोल थापाले गरेका छन् ।

गीतलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु