मन्जु उपासनाको एल्बम ‘मनको साथी’ सार्वजनिक, भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७६, आईतवार

ललितपुर । सांगीतिक जगतमा सम्भावना बोकेकी सुमधुर स्वरकी धनि गायिका मन्जु उपासनाको आधुनिक गीतिसंग्रह ‘मनको साथी’ सार्वजनिक भएको छ । सांगीतिक जगतमा पहिचानका लागि संघर्ष गर्दै आएकी मन्जुको ‘मनको साथी’ दोश्रो एल्बम हो ।
कार्यक्रममा प्रमुख अथिति बरिष्ठ गीतकार प्राध्यपक डा. कृष्णहरी बराल, विशिष्ट अतिथि बरिष्ठ गायिका संगीता राना प्रधान, ख्यातीप्राप्त संगीतकार सन्तोष श्रेष्ठ, साथै सञ्चारकर्मी सविता पोखरेल, गीतकार संगीता थापा, लगायतले एल्बम सार्वजनिक गरेका थिए ।

एल्बममा पाँचवटा गीत संगृहित छन् । मुटुमा चोट, चोरी चोरी मेरो, कसरी भन्न सकेउ, तिम्रो आँशु र कोहि मेरो दिलमै बोलका गीतहरु समेटिएका छन् । प्रकाश केसी, संगीता थापा, एच.बि. सुनारको शब्द रहेका गीतहरु छन् ।

पछिल्लो समयका चर्चित र व्यस्त संगीतकारका रुपमा परिचित सन्तोष श्रेष्ठ, भविन ढुङ्गाना, दिपक सिलवाल र मन्जु उपासनाले संगीत दिएका छन् ।
कार्यक्रममा २ वटा गीतहरु मुटुमा चोट दियौ र चोरी चोरी मेरो को भिडियो पनि देखाइएको थियो ।

ललितपुर भैंसेपाटी स्थित मञ्जरी पाठशालामा कार्यक्रम सम्पन्न भएको हो । मञ्जरी पाठशाला मन्जु र उनका श्रीमान एच.बी सुनारले सञ्चालनमा ल्याएका हुन् । सोहि कार्यक्रममा पाठशालाका उत्कृष्ट ६ प्रशिक्षार्थीलाई सम्मान समेत गरिएको थियो । एल्बम बिमोचन र सम्मानको कार्यक्रम पश्चात अनौपचारिक रुपमा सांस्कृतिक कार्यक्रम भएको थियो ।

मुटुमा चोट :

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु