गायिका म्यारियन फेथफुललाई कोरोना संक्रमण

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७६, आईतवार
marianne-faithfull

लण्डन । विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणमा यतिखेर बेलायती गायिका म्यारियन फेथफुल पनि परेकी छन् । मरिनका व्यवस्थापकका अनुसार उनमा संक्रमण पुष्टि भएपछि शनिबार उपचारका लागि अस्पताल लगिएको हो । ‘लण्डस्थित अस्पतालमा नमरिनको उपचार भइरहेको छ, म्यारियन फेथफुलका व्यवस्थापकले बताएका छन् । संगीत उद्योगको प्रचारक रिपब्लिक मिडियाले ट्वीटरमा समेत उल्लेख गरेको छ । तर उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको पनि जनाइएको छ ।

म्यारियनकी साथी अमेरिकी सेलिब्रिटी पेन्नी अर्केडले पनि उनी अस्पतालमा उपचार गराएको कुरा उल्लेख गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ७३ वर्षीया गायिका फेथफुलक १७ वर्षको उमेरदेखि नै गायन सक्रिय थिइन् ।

‘एज टियर्स गो बाइ’ जस्तो गीत गाएर करिअरको प्रारम्भिक चरणमै उनले चर्चा पाएकी थिइन् । ५० वर्षको गायन करिअरमा उनले गायनसँगै गीत लेख्ने र फिल्ममा अभिनय पनि गरिन् । अहिले कोरोना संक्रमित भएको थाहा पाएपछि उनका शुभचिन्तक तथा प्रशंसकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु