• प्रकाश भट्टको निर्देशनमा फड्को, उत्तराखण्डको गीत ‘फूल हजुरी’मा नाजिर र श्वेताको अभिनय

    म्यूजिक खबर
    प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार

    काठमाडौं । निर्देशक प्रकाश भट्टले भारतको उत्तराखण्डको गीत ‘फूल हजुरी’को म्यूजिक भिडियोलाई नेपालमा छायाँकन गरेका छन् । भिडियोमा नेपालका अभिनेता नाजिर हुसेन र भारतकी अभिनेत्री श्वेता महराको अभिनय रहेको छ । भारतको उत्तराखण्ड कुमाउको भाषा शैलीको गीत ‘फूल हजुरी’लाई मसकविन स्टुडियोले निर्माण गरेको हो । मसकविन नेपालको राइटस् समेत लिएका निर्देशक प्रकाश भट्टले भिडियोलाई नेपालको पर्यटकीय स्थल चित्लाङ वरपर छायाँकन गरेका हुन् । केही समयअघि मात्र यो भिडियो निर्माणका लागि भारतबाट मसकविन स्टुडियोको समूह नेपाल आएको थियो ।

    ‘फूल हजुरी’मा महेश कुँवर र माया उपाध्यायको स्वर रहेको छ । गीतको शब्द रचना गिरीश जिना र महेश कुँवरको रहेको छ भने रोहित भण्डारीको संगीत रहेको छ ।
    ‘फूल हजुरी’को भिडियोको कोरियोग्राफर सियोन श्रेष्ठ हुन् भने छायाँकन करण चैंसिरको रहेको छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । भिडियोलाई मसकविनको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु